Home » , » वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। राशिफल

वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। राशिफल

Posted by :-Unknown on Monday, October 12, 2015 | 8:13 PM

वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर १३ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, भोलि बिहान ६:२४ बजेउप्रान्त प्रतिपदा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। काममा आफन्तको सहयोग जुट्नेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविविध कमजोरीले योजना कार्यान्वयनमा ल्याउन मुस्किलै पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि प्रतिस्पर्धी परास्त हुनाले स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम सुरुआत गर्न सकिनेछ। मेहनतले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। काम सम्पादन गर्न नसकिए पनि साँझपछि नयाँ योजना बन्न सक्छन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। मनग्य आम्दानी हुनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्ने समयछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ। नयाँ काम सुरुआत गर्ने अवसर पनि जुट्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। साँझदेखि बोलीको गलत अर्थ लाग्ने वा आफ्नो अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा पनि आघात पुग्न सक्छ, सजग रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्नेछ भने फाइदा कममात्र हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। थोरै लाभ हुनेछ। साँझदेखि इच्छाशक्ति बढ्नुका साथै स्थितिमा सुधार आउनेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त धनलाभ हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)

0 comments:

Post a Comment

 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.