Home » » आजको पञ्चाङ्ग र राशीफल (२०७० पौष २७ गते)

आजको पञ्चाङ्ग र राशीफल (२०७० पौष २७ गते)

Posted by :-Unknown on Friday, January 10, 2014 | 5:56 PM

वि. सं. २०७० साल पौष २७ गते शनिबार तदनुसार ईश्वीसन् २०१४ जनवरी ११ तारिख, नेपाल संवत् : ११३४, (पोहेलाथ्व)
आज श्री ५ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, पुत्रदा एकादशी व्रत,
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ। सामाजिक काममा संलग्न हुनुपर्ला। घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ। छरछिमेकी, कुटुम्ब वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास सार्थक हुनेछ। डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ। परिवारका सदस्यहरुमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ। सानोतिनो पार्टी, पुराना साथीभाइसित जमघट वा भोजभतेरमा सहभागी हुने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज दिउँसोका तुलनामा बिहानको समय सकारात्मक छ। दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ। प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ। कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ। सानातिना कामको झमेला आउनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ। माया प्रेमको लागि रमाइलो छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। पारीवारिक सहयोग बढ्ने छ। आत्मबल बढ्ने बेला छ। ठूलाबडाले सहयोग गर्नेछन्। व्यापार व्यवसाय मध्यम रहेको छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारव्यवसाय र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ। दिउँसोका तुलनामा बिहानको समय राम्रो छ, धन, धर्म र भाग्य अभिबृद्धि हुनेछ। दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ। दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन्। अधुरा कामहरु पूर्ण हुन थाल्नेछन्। स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुनेछ। धार्मिक, आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ। आज कुनै कन्या केटीलाई उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्न सकिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिहानको समय आज तपाईंका लागि राम्रै छ, तर मध्याह्नको सुरुवातसँगै अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ। दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ। कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। अध्ययनमा जाँगर चल्ने छैन।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ। अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। आर्थिक लाभको योग छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान ज्ञानगुन र अध्ययनअध्यापनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। तपार्इंले नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ। पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभ बढ्न थाल्नेछ। लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ। शत्रुहरु पराजित हुनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकाबिहानै सामाजिक र परोपकारका क्षेत्रमा खट्नु पर्नेछ। दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनसक्छ। खर्च अलि वृद्धि हुने समय छ। व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ। प्रेममा धोका हुनसक्छ। सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ। आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ।
स्मरण गर्नुहोस् :-
माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।
Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)

0 comments:

Post a Comment

 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.