Home » , » धनियाँको पातले जोगाउछ किड्नी रोगबाट

धनियाँको पातले जोगाउछ किड्नी रोगबाट

Posted by :-Unknown on Saturday, January 11, 2014 | 8:00 PM

अहिले किड्नी रोगको प्रकोप फैंलिदै गएको छ । खासगरी खानपिनमा हुने लापरवाहीको कारण किड्नी रोगी बढेका छन् । पेटभन्दा जिब्रोलाई शान्त पार्ने ध्येयले खाने गरिएपछि किड्नी रोगले अड्डा जमाउन थालेको हो ।
किड्नी, शरीर संचालनको अभिन्न अङ्ग । तर, यही अङ्ग थलिएपछि मानिसले लाखौं रुपैंयाा खर्चिनुपर्ने बाध्यता आइलागेको छ । जीवनभरि कृत्रिम तरिकाले मूत्र विसर्जन गर्ने डाइलोसिसजस्तो महँगो प्रणाली अपनाउन बाध्य छन् । पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु किड्नी ‘फेलियर’ बाट जीवन गुमाउन विवश छन् ।
चिन्ता नगर्नुस्, किड्नी जोगाउने उपाय छ । त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् । किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो यो ।
किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।
सेवन विधि
पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १० मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मूत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ ।
-एजेन्सीको सहयोगमा
dhaniya

Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)

0 comments:

Post a Comment

 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.