Home » , , , » जतिधेरै सम्भोग उतिधेरै खुसी

जतिधेरै सम्भोग उतिधेरै खुसी

Posted by :-Unknown on Sunday, September 8, 2013 | 7:49 PM

सम्भोगले मानिसमा खुसी बढाउने र यसको अभावमा मानिस बेखुसी बन्दै जाने एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययन अनुसार बेलायती महिलाहरुले पर्याप्त सम्भोग गर्दैनन् त्यसकारण उनीहरु खुसी रहन पनि सकेका छैनन् । टप सान्टे म्यागेजिनले गरेको देशको खुसीपनाको मात्रा विषयको र्सर्भेका अनुसार बेलायतका झण्डै २० प्रतिशत महिलाले कहिल्यैपनि सेक्स गर्दैनन् । १० प्रतिशतले वर्षो ३ पटक भन्दा पनि कम पटक सम्भोग गर्छन् । जबकी ६० प्रतिशतले महिनाको २ पटक वा सो भन्दा कम सेक्स गर्छन् । र्सर्भेमा संलग्न गराइएका विवाहित महिलामध्ये २६ प्रतिशतले आफुले आफ्नो पार्टनरसँग दुइ तिन महिनामा एक पटक मात्र सेक्स गर्ने गरेको बताएका छन् ।

 ३५ देखि ५५ वर्ष उमेर समूहका महिलामा गरिएको सो अध्ययनले महिलाको सम्भोगको दर र प्रसन्नताको मात्राबीच गहिरो सम्बन्ध रहेको देखाएको छ । ३३ प्रतिशत महिला जो आफ्नो पार्टनरसँग हप्तामा दुइ वा सो भन्दा बढि पटक सम्भोग गर्थे उनीहरु दर्ुइ तिन महिनामा १ पटक मात्र सेक्स गर्ने महिला भन्दा १५ प्रतिशत बढि खुसी थिए । अध्ययनले कम सेक्स गर्ने मानिस बढि निरासावादी रहेको समेत देखाएको छ । हप्तामा दुइ वा सो भन्दा बढि पटक सेक्स गर्ने महिलाहरुमध्ये ९ प्रतिशतले आफु निरास रहेको बताए । जबकी दुइ तिन महिनामा मात्र एक पटक सेक्स गरेको बताउनेमध्ये २० प्रतिशत निरासाको सिकार थिए । महिनामा एक पटक भन्दा पनि कम सेक्स गर्ने गरेका महिलाहरु यदि आफुले त्यो भन्दा छिटो छिटो सेक्स गर्ने गरेको भए बढि खुसी हुनेथिएँ कि भन्ने विश्वास व्यक्त गरे । आफ्नो सेक्सप्रतिको अरुचीलाई कतिपय महिलाले ढाकछोप गर्ने गरेका र सम्बन्धलाई प्रगाढ बनाउन सेक्स मात्र ठूलो कुरा नभएको बताएका भएपनि सम्भोगका केवल मानसिक तथा दाम्पत्य जिवनका फाइदा मात्र नभएर यसले व्यक्तिगत शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । -
Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)
 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.