Home » , , , , » तिते करेलाले जोगाउँछ क्यान्सरबाट

तिते करेलाले जोगाउँछ क्यान्सरबाट

Posted by :-Unknown on Tuesday, August 6, 2013 | 1:07 AM

तिते करेला कत्तिको खाने गर्नुभएको छ ? कतै तितो भयो भनेर नखाने गर्नुभएको त छैन ? यदि त्यसो हो भने अब नियमित रुपमा तिते करेला खानुहोस् । तिते करेलाको तरकारी तथा अचार मात्र होइन नियमित रुपमा तिते करेलाको जुस समेत खाने गर्नुहोस् । किनकी तिते करेलाले क्यान्सरबाट जोगाउने तथ्य पत्ता लागेको छ ।
Bitter-Gourd

तिते करेलामा भएको तत्वले खासगरी प्यांक्रियाजका क्यान्सरजन्य कोषलाई नष्ट गर्ने पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार तिते करेलाको जुसको नियमित सेवनले प्यांक्रियाजमा विशेष इन्जाइमलाई उत्प्रेरित गरी क्यान्सर कोषलाई ग्लुकोज शोषण गर्न असमर्थ बनाउँछ जसका कारण ती कोषमा उर्जा अभाव हुन्छ र कोष मर्छन् ।
तिते करेला मधुमेहका रोगीका लागि अत्युत्तम भोजन भएको कुरा त हामी सबैलाई थाहा छ । मधुमेहले प्यांक्रियाजको क्यान्सरलाई झनै बढावा दिन्छ । यदि हामीले नियमित रुपमा तिते करेलाको सेवन गर्ने हो भने मधुमेहका साथै क्यान्सरको जोखिम पनि कम हुने शोधकर्ताको भनाइ छ ।
तिते करेलामा क्यान्सर प्रतिरोधी गुण रहेको पछिल्लो खोजले क्यान्सर रोगको उपचारमा नयाँ आयाम थप्ने विश्वास शोधकर्ताहरुको रहेको छ ।
Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)
 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.